प्रदेश १ : पछिल्लो २४ घण्टामा ११ सय बढीमा कोरोना पुष्टि

४ बर्ष अगाडि


प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ र १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २६६, मोरङमा १८८, सुनसरीमा १७३, धनकुटामा १२, उदयपुर र तेहथुममा ५–५, इलाममा ४, भोजपुरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ७४, विर्तामोडमा ५७, भद्रपुरमा ३९, मेचीनगरमा २४, कनकाईमा १७, अर्जुनधारामा १४, शिवसताक्षीमा १३, बा७थभलसहदशीमा ११, बुद्धशान्तिमा ६, कमल गाउँपालिकामा ५, हल्दिबारीमा ४, गौरादहमा २, मोरङको लेटाङमा ५०, विराटनगरमा ४१, बेलबारीमा ३९, केराबारीमा २९, सुन्दरहरैचामा ९, उर्लाबारीमा ५, बुढीगंगा, ग्रामथान, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका २–२, कटहरी, मिक्लाजुङ, रतुवामाई, रंगेली, कानेपोखरी, धनपालथान र सुनबर्षीमा १–१, सुनसरीको धरानमा ११७, इटहरीमा ४४, रामधुनीमा ५, बराहक्षेत्रमा ३, इनरुवामा २, देवानगञ्ज र बर्जुमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा ४, शहिदभूमी, छथर र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।


त्यस्तै उदयपुरको त्रियुगा र उदयपुरगढीमा २–२, चौदण्डीगढीमा १, तेह्रथुमको म्याङलुङमा ३, आठराई र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका, षडानन्द र अरुणमा १–१, ताप्लेजुङ र ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय महिला र १०१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया