काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द मोदीले पछिल्लो साढे वर्षमा भ्रमणमा मात्रै ३२ अर्ब २० करोड बराबरको रकम खर्च गरेका छन् ।
ब्लूमवर्गले हालै प्रकाशित गरेको एक विवरणअनुसार उनले आफ्नो कार्यकालमा २८० मिलियन अमेरिकी डलर बराबरको खर्च गरेको पाइएको हो ।
एक अमेरिकी डलर बराबर ७१.९९ भारतीय मुद्रा रहने गरेको छ । त्यस आधारमा उनले २८०० लाख बराबरको खर्च गरेका छन् । नागरिकले कर मार्फत राज्यलाई बुझाएको सो रकम खर्च गरेर उनले विश्वव्यापी भ्रमण गरेका छन् ।
उनले विश्वका ८४ मुलुकको भ्रमण गरे सो अवधिमा । यस्तै मोदीका केही योजना भन्दै प्रचारमा मात्रै ९२० मिलियन डलर खर्च गरिएको छ । हरेक भ्रमणका क्रममा ठूलो परिमाणमा पैसा खर्च भएको छ । यस्तै एयर इन्डियाको जहाज मर्मत र सुरक्षित हटलाइन सेवाका लागि समेत उक्त परिमाणको रकम खर्च भएको छ । सो खर्चका विषयमा भारतीय संसद्मा समेत कुरा उठेको छ । कनिष्ठ विदेश मन्त्री भिके सिंहलाई संसद्मा मोदीको भ्रमण खर्च बारे प्रश्न् सोधिएको थियो ।
यस्तै सडकमा टागिएका फ्लेक्स बोर्ड तथा अन्य प्रचार सामग्रीमा गरिएको खर्चका बारेमा समेत प्रश्न सोधिएको थियो । कनिष्ठ सूचना तथा प्रसारण मन्त्रीकाअनुसार मोदीको प्रचारमा समेत ठूलै परिमाणमा रकम खर्च भएको छ । तर मोदीको खर्चका बारेमा सरकारका प्रवक्ता सितास्मु कौर र भारतीय जनता पार्टीका प्रवक्ता नरसिंहा रावले समेत केही प्रतिक्रिया दिन चाहेनन् ।
भारतीय प्रधानमन्त्री मोदीले विश्व शान्तिका लागि भन्दै विश्वका नेताहरुसँग पटक पटक भेटवार्ता गरेको छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाजानका प्रधानमन्त्री सिन्जो आवेसँग उनले नियमित भेटवार्ता गरेका छन् । भारतको प्रभाव विश्व स्तरमा बढाउने संकल्पका साथ उनले विश्व मामिला र रणनीति चासोका बारेमा समेत छलफल गरेका छन् । यस्तै चिनियाँ राष्ट्रपति सि जिन पिङपनि औपचारिक अनौपचारिक छलफल गरेका छन् । यस्तै तुर्कमेनिस्तान र अन्य देशहरुमा समेत उनलले नियमित भ्रमण गरे । यस्तै भियतनाम, ओमन जस्ता देशमा समेत अनावश्इक जुन आवश्यक नै थिएन त्यस्ता देशको भ्रमण समेत उनले गरे । जसबाट भारतीय जनताले गाँस काटेर राज्यलाई तिरेको मोटो रकम खर्च भयो ।
प्रतिक्रिया