उपराष्ट्रपति पदमा पुन निर्विरोध, कांग्रेसले उम्मेदवारी दिएन

७ बर्ष अगाडि

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनमा एकजनाको मात्र उम्मेदवारी परेको छ । 
वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले आज जनाएको छ । 
उपराष्ट्रपति पुनले आज अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । सो उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल छन् । 

यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहेका छन् । 
यसअघि राष्ट्रपति पदको निर्वाचनमा विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन् । उपराष्ट्रपति पदको निर्वाचनमा उम्मेदवारी दर्ताको समय आज दिउँसो २ बजेसम्म निर्धारण गरिएको थियो । साे समयमा कांग्रेसले उम्मेदवारी दिएन । 

उपराष्ट्रपति निर्वाचन कार्यतालिकाअनुसार भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया