झलनाथ वा अष्टलक्ष्मीलाई अध्यक्ष बनाउन नेपालको प्रस्ताव

४ बर्ष अगाडि


नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल गरेका छन् । काठमाडौको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा नेता नेपालले आफुपक्षीय सांसदहरुसँग छलफल गरेका हुन् ।

नेपालले आगामी महाधिवेशनसम्म दुईजना अध्यक्ष बनाउने ओली पक्षको प्रस्तावप्रति सकारात्मक बन्न सकिने जनाऊ दिएका छन् । तर, दोस्रो अध्यक्षमा आफ्नो रुची नरहेको भन्दै नेता नेपालले झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य वा युवराज ज्ञवालीलाई अध्यक्ष बनाउन सकिने बताएका छन् ।

 बैठकमा नेता नेपालले ओलीसँग दोस्रो अध्यक्ष बन्ने आफूमा कुनै रुची नरहेको स्पष्ट पारे । तर, सबैको सहमति भएमा महाधिवेशनसम्म दुईजना अध्यक्ष बनाएर अघि बढ्ने प्रस्तावमा आफ्नो सहयोग रहने नेता नेपालले आफ्नो समूहको बैठकमा बताए ।

‘माधव कमरेडले केपी ओलीसँग दोस्रो अध्यक्ष बन्न आफ्नो रुची छैन भन्नुभयो,’ एक स्थायी कमिटी सदस्यले  भने, ‘झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य वा युवराज ज्ञवालीलाई अध्यक्ष बनाएर सहमति हुन्छ भने आफ्नो आपत्ति नरहने माधव कमरेडले बताउनुभएको छ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया