पहिरो गएपछि बुढीगंगा नदी थुनिएको छ । बाजुराको गौमुल गाउँपालिकामा पहिरो जाँदा बुढीगंगा नदी थुनिएको हो ।
१ सातादेखि परिरहेका पानीले बुढीगंगामा वहाव बढेको हो।सोही ठाउँमा तुसारी गाडका २ वटा झलुंगे पुल बगाएको छ ।
जल तथा मौसम विज्ञान विभागले नदि थुनिएको पुष्टि गर्दै सतर्क रहन आग्रह गरेको छ । विभागले भनेको छ ुगौमुल गा.पा. बाजुरामा बुढीगंगा नदीमा पहिरो गई नदी थुनिन गएकाले तटीय क्षेत्रहरूमा साँझ सम्मै उच्च सतर्कता अपनाऔँ।ु
यस बारे एसएमएस अलर्ट पनि पठाईसकिएको विभागले जनाएको छ ।
प्रतिक्रिया