राष्ट्रियसभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात समूहले बलात्कार गरी हत्या गरेको बताउँदै उचित छानबिन गरी दोषी पत्ता लगाई कारबाही गररे पीडितलाई न्याय दिन माग गरिन्।
सांसद शारदादेवी भट्टले भनिन् “निर्मला हत्याकाण्ड किन बाहिर आउँदैन, त्यसका बारेमा रहस्य छ, कतै गरीबको छोरी बलात्कार भएकै कारण पत्ता नलागेकै हो कि रु म जतिसक्दो चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न अनुरोध गर्दछु ।”
सिङ्गबहादुर विश्वकर्माले नागरितासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो पारित हुने गरी प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे । सांसद विना पोखरेलले राष्ट्रियसभामा खानेपानीको व्यवस्थासँगै सरसफाइमा ध्यान दिन आग्रह गरे ।
प्रतिक्रिया