काठमाडौं – नेपालको पूर्वपश्चिम जोड्ने र तराईका सबै जिल्लासम्म पहुँच बनाएर जाने हुलाकी राजमार्गको लागत ४७ अर्ब रुपैयाँबाट बढेर ७० अर्ब रुपैयाँ पुगिसकेको छ । १७ सय ९२ किलोमटिरको यो सडक दुइ खण्डमा निर्माण अगाडि बढिरहेको छ । पूर्वदेखि पश्चिमतर्फ ९७५ किलोमिटर दूरी छ ।
यो सडकमा उत्तर दक्षिण जोड्ने सहायक सडक २८ वटा हुने छन् । यी २८ वटा उत्तर दक्षिण जोड्ने सडकमा हुने दूरी भने ८१७ किलोमिटर रहेको आयोजनाले जानकारी दिएको छ । आर्थिक वर्ष २०६६र६७ देखि औपचारिक रुपमा सुरु भएको यो सडक एक दशकसम्म आधा पनि बनेको छैन ।
यो सडक निर्माण सुरु गर्दा जम्मा ४७ अर्ब रुपैयाँको लागत अनुमान गरिएको थियो । अहिले यस्तो लागतमा करिब २३ अर्ब रुपैयाँले बढिसकेको छ । लागत बढेर पनि आयोजना पूरा हुने प्रगति भने देखिएको छैन । चालू आर्थिक वर्षसम्ममा यो आयोजनाले जम्मा ३९ प्रतिशतको भौतिक प्रगति गरेको छ । प्रारम्भिक लागत अनुमानको जम्मा ३७ प्रतिशत खर्च गरेको पनि उल्लेख छ ।
यस अयोजनाबा लागि विगतको नौ वर्षमा १७ अर्ब ९१ करोड २३ लाख खर्च भइसकेको छ । यस्तो खर्च मध्ये भारत सरकारको अनुदानतर्फको रकम २ अर्ब ६ करोड २२ लाख मात्रै खर्च भएको छ भने बाँकी रकम नेपाल सरकारले बिनियोजन गर्ने बजेटबाटै खर्च भइहरहको पनि आयोजनाले जानकारी दिएको छ ।
भारतीय अनुदान सहयोगमा पहिलो चरणको कामका लागि जम्मा २९९ किमी सडकको स्तरोन्नतीका लागि जम्मा ७ अर्ब ५२ करोड रुपैयाँ भ्याट बाहेक नै खर्च गरिदैँछ । यो सडकमा खर्च मात्रै बढेको छैन आयोजना कार्यान्वयन गर्ने निकायबाट पुलको संख्या बढाउने काम भएको छ ।
यस सडकमा प्रारम्भिक अनुमानमा रहको १५० वटा पुललाई बढाएर २११ वटा पुर्याइइको छ । यसमध्ये ७५ वटा पुल निर्माणको काम सकिएको छ । बाँकी ८४ वटा पुल निर्माणाधिन रहेको र ६० वटा पुलको भने भर्खर डिजाइन सकिएको पनि आायेजनाले जानकारी दिएको छ ।
यो सडक बनाउन नेपाल सरकारले जम्मा १७ वटा सडकमध्ये हाल पहिलो चरमा ७ वटाको मात्रै काम गरिरहेको छ । यो सडको दोस्रो चरणसहित जम्मा १९ वटा सडकमा नेपाल सरकारले ६५३ मिकिमीमा स्तरोन्नतीको काम गरिरहेको छ । यस मध्ये हालसम्म जम्मा २२ अर्ब ७१ करोड रुपैयाँ सरकारी स्रोतको प्रयोग गरेर सडक निर्माण भइरहेको पनि हुलाकी सडक निर्माण आयोजनाले जानकारी दिएको छ ।
यो सडक पूर्व पश्चिम जोड्ने मूल सडक हुने छ । बाँकी सडक तराईका विभिन्न जिल्ला हुँदै सडकको दायाँ बायाँका क्षेत्रलाई समेटेर महेन्द्र राजमार्ग तथा भारतीय सीमाका सहरसम्म पुर्याएकोले पनि सडकको दूरी र संख्या धेरै देखिएको हो ।
प्रतिक्रिया