चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमा बुधवार सकारात्मक सर्किट लागेको छ ।
अपरान्ह १ बजेसम्ममा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ६३७ पुगेको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा ३४ हजार ३०८ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
प्रतिक्रिया