शेयर बजार खुलेको दुई घण्टामा ५ कम्पनीको शेयर खरीदमा उच्च माग, कुन-कुन ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताको चौथो कारोबार दिन शेयर बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २११ ओटा कम्पनी मध्ये ५ ओटा कम्पनीको शेयर खरीदमा उच्च माग परेको छ । 

नेशनल हाइड्रोपावर कम्पनी, नबिल ब्यालेन्स फण्ड २, एनआईसी एशिया ब्यालेन्स फण्ड, सिद्धार्थ इक्विटी फण्ड र एनएमबि ५० को इकाई खरीदमा उच्च माग रहेको हो । उक्त ५ कम्पनीमध्ये सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको शेयरमा ७ लाख ७३ हजार ५४९ कित्ता खरीद माग रहेको छ । 

त्यसैगरी नबिल ब्यालेन्स फण्ड २ को ६ लाख ८८ हजार ६४८ इकाई, एनआईसी एशिया ब्यालेन्स फण्डको ६ लाख २२ हजार ६०० इकाई, सिद्धार्थ इक्विटी फण्डको ५ लाख ६५ हजार ८५० इकाई र एनएमबि फिप्टीको ४ लाख ७७ हजार ७०० इकाईको लागि खरीद माग रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया