नेपाल पक्ष सरकारमा नजाने

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने भएको छ । नेपाल पक्षले आफूहरु सरकारमा नजाने प्रधानमन्त्री शेरबहादुर देउवालाई बताएको हो ।

प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए । उक्त बैठकमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए । पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए ।

पौडेलले भने, ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं ।'

४ बर्ष अगाडि

प्रतिक्रिया