काठमाडौं - आज बुधवार शेयर बजार खुलेको १५ मिनेटमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स र मल्टीपर्पस फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
मल्टीपर्पस फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९८ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।
ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य प्रतिकित्ता रू. ६३७.६० र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ५३४.७० पुगेको छ ।
प्रतिक्रिया