काठमाडौं - आज बुधवार नेप्से परिसूचक प्रि।ओपन सेसनमा अघिल्लो कारोबार दिनको तुलनामा ८.८० अंकले वृद्धि भएको छ ।
प्रि।ओपन सेसनमा नेप्से परिसूचक ३ हजार ८८.४५ विन्दुमा पुगेको हो । उक्त अवधिमा ६४ ओटा कम्पनीको ४१ हजार ४३१ कित्ता शेयरको रू। १ करोड ९४ लाख २४ हजार १२४ बराबरको शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिमा कारोबारमा आएका ६४ ओटा कम्पनीमध्ये ४७ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने पाँच ओटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यसैगरी आठ ओटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
प्रतिक्रिया