काठमाडौं - लक्ष्मी उन्नति कोषको इकाई मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । नेप्सेले कोषले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो ।
मंगलवार कायम कोषको अन्तिम इकाईमूल्य १५ रूपैयाँ १२ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १२ रूपैयाँ ६२ पैसा तोकेको हो । कोषले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो ।
बुक क्लोजपछि कोषको इकाई खरीद गर्ने इकाईधनीहरुले भने यस वर्षको लाभांश प्राप्त गर्ने छैनन् । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलको व्यवस्थापनमा सञ्चालित यस योजना सञ्चालनमा रहेको छ । यस वर्ष सबैभन्दा पहिला लाभांश घोषणा गर्ने यो पहिलो कम्पनी हो ।
प्रतिक्रिया