मध्य भोटेकोशी जलविद्युतको आईपीओमा २४ हजार बढि आवेदन, कहिले सम्म दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा मंगलबार साँझसम्ममा २४ हजार बढि आवेदन परेको छ ।

कम्पनीले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुनः निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा २४ हजार २ सय ५६ जना आवेदकबाट ५१ करोड ७२ लाख ४७ हजार ७ सय रूपैयाँ बराबरको ५१ लाख ७२ हजार ४ सय ७७ कित्ताका लागि आवेदन परेको छ ।                                                 

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा ४०० कित्ताका लागि  छिटोमा साउन १७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया