सात कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि हुदाँ प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं,साताको तेस्रो दिन मंगलवार सात ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

मल्टीपर्पस फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर,युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर,खानीखोला हाइड्रोपावर,हिमालयन उर्जा विकास कम्पनी र युनिभर्सल पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

ती सात ओटै कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।

ती सात ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  मल्टीपर्पस फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ४८६ दशमलव २०,खानीखोला हाइड्रोपावरको रू.३३४ दशमलव ४०,युनाइटेड मोदीको रू. ४७९ दशमलव ६०,जोशी हाइड्रोपावरको रू. ३८२ दशमलव ८०,युनाइटेड इदी मार्दीको रू.५८९ दशमलव ६०,हिमालयन उर्जा विकास कम्पनीको रू.५२३ र युनिभर्सल पावर कम्पनीको रू.४१४ दशमलव ४० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया