गत आवमा साढे १४ खर्बको शेयर कारोबार,परिसुचक २८८३.३८ विन्दुमा

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्कट एक्सचेन्चका अनुसार गत आर्थिक वर्षमा २०७७/०७८ मा १४ खर्ब बढीको शेयर कारोबार भएको छ । गत आव २०७७/०७८ मा कारोबार कुल १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । अघिल्लो आवमा भने १ खर्ब ५५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो ।

गत आवमा शेयर लगानीकर्ता तथा अनलाईन प्रयोगकर्ताको संख्या समेत बढेको छ ।शेयर बजार परिसूचक नेप्से पनि गत आवमा २८८३.३८ विन्दुमा पुगेको छ । अघिल्लो आवमा नेप्से परिसूचक १२६२.३५ विन्दुमा पुगेको थियो ।

गत आवमा कारोबार शेयर संख्या ३८ करोड ७५ लाख ६ हजार रहेको छ । नेप्सेका अनुसार सूचीकृत शेयर संख्या ५ अर्ब ८२ करोड ६० लाख ४८ हजार रहेको छ ।

बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । सूचीकृत कम्पनीको संख्या २२० रहेको छ । जुन संख्या अघिल्लो आवमा २१२ रहेको थियो । गत आवमा लगानीकर्ताको संख्या ८ लाख ७७ हजार २०३ रहेको छ । नेप्सेका अनुसार अनलाईन प्रयोगकर्ताको संख्या ७ लाख ९१ हजार ९९३ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया