प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

४ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । 

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको बताए । 

यद्यपि अझैपनि गठबन्धनमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तार गर्न केही समय लाग्ने उनको भनाइ छ । 

काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाएपनि त्यसपछि मन्त्री थप्न सकेका छैन । यसैबीच दुई दिन अघि देउवाले एक जना राज्यमन्त्री थपेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया