काठमाडौं,अपि पावर कम्पनीले भोलि(बुधबार) देखि हकप्रद शेयर विक्री खुला गनेए भएको छ ।
कम्पनीले २ लाख १५ हजार ५९९ कित्ता सर्वसाधारण लिलामीमा विक्री गर्ने भएको छ ।
कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गरी विक्री नभएको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिने छ ।
शेयर खरिदको लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । लिलामी शेयरमा साउन २० गतेसम्म बोलपत्र पेश गर्न सकिने छ । । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया