बिहान र दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध

७ बर्ष अगाडि

ओखलढुङ्गा– ओखलढुङ्गामा पुस १ गतेदेखि बिहान र दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । 
सवारी दुर्घटना न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा टिपर सञ्चालनमा रोक लगाइएको हो ।    जिल्ला सदरमुकामसहितका मुख्य तथा सहायक व्यापारिक केन्द्रबाट छुट्ने र भित्रने लामो, छोटा दूरीका सवारीको चाप हुने समयमा टिपर सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभयो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया