मध्य भोटेकोशीको आईपिओमा  १८ हजार बढी आवेदकबाट आवेदन, कति कित्ताको माग ?

४ बर्ष अगाडि

काठमाडौं,  मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा १८ हजार बढी आवेदकबाट आवेदन परेको छ । 

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपिओमा सोमबार साँझसम्ममा १८ हजार २ सय २८ आवेदकबाट ३६ लाख ७६ हजार ३ सय ४१ कित्ताको लागि आवेदन परेको हो । 

जस मध्ये आयोजना प्रभावितबाट १८ सय २७ जना आवेदकबाट ५ लाख ३ हजार ९० कित्ताको लागि र अन्य सिन्धुपाल्चोकवासीबाट १८ हजार ९ सय २१ आवेदकबाट ३१ लाख ७३ हजार २ सय ५१ कित्ताको लागि आवेदन परेको हो ।  

कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई  आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो । यस आईपिओमा छिटोमा साउन १७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलो सुन ३२ गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १० प्रतिशत अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। 

आईपिओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने ब्यबस्था छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया