मानुषी लघुवित्तले  साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्दै, कित्ता कति ?

४ बर्ष अगाडि

काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

उक्त आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ ९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया