फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर भोलिदेखि लिलामीमा, कित्ता कति ?

४ बर्ष अगाडि

काठमाडौं, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर भोलि (बुधवार) देखि लिलामीमा विक्री खुला हुने भएको छ । 

कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। ३४५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । 

इच्छुक आवेदकले यस लिलामी शेयरमा साउन १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ । 

विक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया