आखिर कहिले रिलिज हुन्छ फिल्म  ‘केजीएफ २’ ?

४ बर्ष अगाडि

काठमाडौं,  साउथको सुपरहिट फिल्म ‘केजीएफ’ को सिक्वेल  ‘केजीएफ २’को दर्शक लामो समयदेखि प्रतिक्षामा छन् । निर्माण टिमले फिल्मका सबै कलाकारको डबिङ सकेर रिलिज डेट घोषणा गर्ने तयारी गरेको भए पनि अभिनेता सञ्जय दत्तका कारण निकै समस्या भएको छ ।
 
‘केजीएफ २’ सञ्जय दत्तको करिअरको सबैभन्दा ठूलो फिल्म हो, जुन ५ अलग(अलग भाषामा निर्माण भएको छ । तर, अहिलेसम्म उनले फिल्मको डबिङ सुरु गरेका छैनन् । उनले डबिङ पूरा नगरेसम्म फिल्मको रिलिज डेट घोषणा गर्ने पक्षमा निर्माण कम्पनी छैन । फिल्ममा उनले खलनायक अधीराको भूमिका निभाएका छन् । पर्दामा दर्शकले सञ्जय र यशबीचको भिडन्त हेर्न पाउनेछन् ।
 
यो पीरियड ड्रामा ७० को दशकमा आधारित छ । प्रशान्त नील निर्देशित ‘केजीएफ २’ मा यशको अपोजिटमा अभिनेत्री श्रीनिधी शेट्टी देखिँदैछिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया