पाकिस्तानी क्रिकेटर शाहीदले एभरेष्ट प्रिमियर लिग खेल्ने

४ बर्ष अगाडि

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानी क्रिकेटर शाहीद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने भएका छन् । काठमाडौँ किङ्ग्स इलेभेनले आफ्नो टीममा शाहिद अफ्रिदीलाई अनुबन्ध गरिएको सोमबार जानकारी दिएको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा शाहिद अफ्रिदी भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडिएका थिए । उनले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया जनाए ।

४१ वर्षीय अफ्रिदी क्रिकेटका अलराउन्डर हुन् । उनी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् । क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गरेको छ ।​ इपिएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा खेलाइने कार्यतालिका छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया