काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले धार्मिक स्वतन्त्रताका लागि पार्टी सडकमा उत्रिने बताएका छन् ।
काँग्रेस महासमिति बैठकस्थल काठमाडौँको रामशाहपथस्थिति यगम्बर पाटी प्यालेसमा आइतबार साझ सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताका लागि आफूपछि नहट्ने अडान दोहोर्याएका हुन ।
आफूले हिन्दु राज्यको कुरा नउठाएको भन्दै उनले धर्मनिरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रताको कुरा उठाएको प्रष्ट पारे । महामन्त्री कोइरालाले भने,‘ धर्म स्वतन्त्र हुनुपर्छ । पशुपतिनथा, भारतको कासीलागयतका धार्मिक स्थलमा कहाँ लेखेको छ ? त्यहाँ गएर डोग्नु वा स्नान गर भनेर । धर्म त तिमिमा छ । आफूभित्र खोज भनिएको छ । त्यसैले मैले धर्म स्वतँत्र हुनुपर्छ भन्ने गरेको छु ।’
उनले धर्म निरपेक्ष र सापेक्ष नहुने भँदै काँग्रेसको झण्डामा रहेका ४ तारा मध्य एक धर्म स्वतन्त्रताको प्रतिक भएको बताए ।
महामन्त्री कोइरालाले अहिले कांग्रेससँग संविधान संशोधन गरेर धर्मनिरपेक्षलाई धार्मिक स्वतन्त्रता राख्न सक्ने अवस्था नभएपनि जनामतसंग्रहको वातावरण बनाउने अवस्था रहेको बताए ।
उनले यस विषयलाई पार्टीको आधिकारी एजेण्डा बनाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचद्र पौडेल पनि मनाउन लागि परेको जनाए । महामन्त्री कोइरालाले पार्टीमा केही नेता हिन्दु राष्ट्रको पक्षमासमेत रहेको बताउँदै त्यसको विरोधि नभएको भएपनि पहिले धार्मिक स्वतन्त्रताको बनाउनु पर्ने बताए ।
यसबारे जनमतसंग्रह गर्दा राजनीतिक दलहरुले जनतालाई स्वतन्त्र पूर्वक मतादेशको व्यवस्था गर्नुपर्ने धारणासमेत राखे । साथै महामन्त्री कोइरालाले हिजोको परस्थितिले बिपी कोइरालालाई राजासँग मिलेर जाने अवस्था सिर्जना भए पनि आजको अवस्थामा त्यो सम्भव नभएको बताए । उनले भने‘ हिजो छिमेकी देशहरुले नेपालमाथि प्रभूत्व जमान खोज्दा बिपी ज्युले राष्ट्र जोगाउन राजाको गर्धनमाथि आफ्नो गर्धन रहेको बताएका थिए । अहिले त्यो अवस्था छैन । र मैले राजसत्ता चाहिन्छ भनेर भनेको पनि छैन ।
यो सम्भव छन पनि छैन ।’ महामन्त्री कोइरालाले धर्मनिरपेक्षता वाहेक वर्तमान संघीय लोकतान्त्रीक गणतान्त्रात्मक राज्य व्यवस्थालाई कार्यान्वयन गर्न काँग्रेस सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आगामी निर्वाचनमा धार्मिक स्वतन्त्रतालाई काँग्रेसले प्रमुख एजेण्डा बनाउने बताए ।
काँग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्रबारे जनमतसंग्रह गनुपर्ने भन्दै हस्ताक्षर संकलन कार्य भइरहेको छ । आइतबार साझसम्म ५ सय बढीको हस्तारक्षर संकलान गरिएको छ भने केहीले समर्थन जनाएका छन् ।
प्रतिक्रिया