काठमाडौं - नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणि पौडेलका लागि भोट गर्न अपिल गरेका छन् । प्रतियोगिताको उपाधिका एक प्रवल दावेदार प्रतिस्पर्धि पौडेलका लागि भट्टराईले सामाजिक सञ्जालमार्फत भोट मागेका हुन् ।
केही दिन अगाडि योगेशकै पहलमा भरतमणिका लागि ६ लाख पुरस्कार समेत घोषणा गरिएको थियो । जसमा, १ लाख रुपैयाँ योगेश आफैंले पनि दिएका छन् । ताप्लेजुङका भरतमणिलाई च्याम्पियन बनाउन योगेशले सम्पूर्ण नेपालीसँग भोट अपिल गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् ‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन दुईका प्रतिस्पर्धीहरु सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेलचाहिँ मलाई हाँस्य व्यंग्य क्षेत्रको उदाउँदो मणि जस्तो लाग्छ ।’
नेता भट्टराईले लेखेका छन्, ‘कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछाँयामा हाम्रै गाउँ र घरमा हुर्के–बढेका यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय त छँदैछन्, त्यो भन्दा बढी यिनी प्रतिभाशाली छन्, नेता भट्टराईले भनेका छन्–‘त्यसैले कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत होस्टेमा हैंसे गर्दा सबै नेपाली दिदिबहिनी तथा दाजुभाइले पनि आनन्दको अनुभूती गर्नु हुनेछ । यो मेरो व्यक्तिगत अनुभूती मात्रै हो । बाँकी निर्णयको अधिकार त तँपाईकैँ । सबै प्रतियोगीलाई मेरो शुभकामना छ ।’
प्रतिक्रिया