काठमाडौं- कारोबारको दोस्रो दिन (सोमबार)कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको तीन घण्टा बित्दाँ परिसुचक २.५२ अंकले ओरालो लागेर ३०५६.१५ को बिन्दुमा पुगेको छ ।
तीन घण्टाको अवधिमा कारोबारमा आएका २२० ओटा कम्पनीको ९८ हजार ७३३ पटकको कारोबारमा २ करोड ८६ लाख ८ हजार ९३ कित्ता शेयरको रू १० अर्ब ३४ करोड बराबरको कारोबार भएको छ ।
आज २२० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५९ शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया