सेन्ट्रल फाइनान्सको ५ लाख ७६ हजार कित्ता बोनस नेप्सेमा सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं - सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको ७ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ३ सय ७८ दशमलव ५०१३ कित्ता सेयर सूचिकृत भएको हो । यसअघि पनि आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको ७ लाख ५७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको थियो । 

फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश माघ २३ गते, शुक्रबार सम्पन्न भएको कम्पनीको २४औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया