शेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण बढ्दो, सामान्य व्यक्तिदेखि विधार्थीसम्म लगानी गर्न अग्रसर

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो समय शेयरमा बजारमा नयाँ लगानीकर्ताको ओइरो नै लागेको छ । पहिले पहिले ठुला ठुला व्यवसायिहरूले मात्र शेयर सम्बन्धी जानकारी र  शेयर बजारमा चासो देखाउने गरेका थिए । तर अहिले सामान्य व्यक्तिहरूमा पनि शेयर कारोबारको चासो बढ्न थालेको छ । 

पछिल्लो समय शेयर बजारमा विद्यार्थीहरूको चासो बढ्दो रहेको पाइएको छ । एक पछि अर्का साधारण शेयर आइपिओ निष्कासनले गर्दा पनि सामान्य व्यक्तिको चासो यसमा बढ्न थालेको हो । आइपिओ लगानी अर्थात १ हजारमा नै कम्पनीमा आफ्नो हिस्सा रहने भएकाले यसको आकर्षण बढ्दो अवस्थामा रहेको छ ।

अहिले शेयर बजारमा सामान्य व्यक्ति र विद्यार्थीहरूको आकर्षण कसरी बढि रहेको छ भने बारे बुझन केही व्यक्तिसँग कुराकानि गरेका छौं । 

यसै विषयमा काठमाडौं, चन्द्रागिरी नगरपालिका संतुगलमा बस्दै आएका डम्मर बहादुर अधिकारसंग कुरा गर्दा, पहिले पहिले आफु यत्रतत्र शेयर बजारको बारेमा सुन्दै आए पनि उनले यसमा लगानी गर्न लागेको ८/१० महिना मात्र भएको बताए । 

मुख्यतः शेयर बजार, डिम्याट खाता र मेरो शेयर जस्ता शेयर सम्बन्धी जानकारी कसरी प्राप्त गर्नुभयो भनि हामिले उनी सँग जानकारी लिन कोसिस गरेका थिर्यौ । पछिल्लो २ वर्षदेखि आफु बेरोजगार भई बस्न बाध्य रहेको कुरा उनले बताए । गत वर्षको चैत ११ गते कोरोनाका कारण देशव्यापी लकडाउन भएसँगै आन्तरिक र अन्तराष्ट्रिय उडान बन्द हुदाँ वैदेशिक रोजगारीका लागि विदेश जाने बाटो बन्द भएको उनले दुखेसो पोखे । 

उनले कतारको एक कम्पनीमा पछिल्लो ७/८ वर्ष देखि काम गर्दै आइरहेका थिए । नेपालमा रोजगारको राम्रो वातारण नहुँदा म जस्ता कयौँ युवा बेरोजगार भई बस्न बाध्य रहेकोसमेत गुनासो गरे । यसैबीच आफूले साथीहरू र सामाजिक सञ्जाल (युट्युब, टिकटक, विभिन्न समाचारका माध्यम) बाट शेयरसम्बन्धी जानकारी प्राप्त गरेको र एकचोटी बुझी हेर्दा शेयरमा लगानी गर्न ठिकै होला जस्तो लागेर डिम्याट खाता खोली आईपीओ भर्न लागेको बताए । 

पहिलो पटक आफूले निफ्रामा लगानी गर्दा पहिलो पटक नै आईपीओ परेपछि यसमा झन आकर्षण बढ्दै गएको कुरा पनि उनले सुनाए । हालसम्म उनले ८/१० कम्पनी लगानी गरेको र ४ वटा कम्पनीमा आईपीओ परेको बताए । अधिकारीका अनुसार, काम नभएर फोगोट्टै घरमा बस्नु भन्दा १ हजार लगानी गरे फाइदा हुने र परिवारको खर्च जुटाउनमा पनि सहयोग मिल्ने बताए ।
  
अधिकारीको परिवारमा एक छोरा, एक छोरी, श्रीमती र अधिकारी गरी चार जना सदस्य रहेका छन् । उनले भने, 'नयाँ कम्पनीको आईपीओ आउना साथ आवेदन दिदै आएका छौँ । परिवारका तीन जना सदस्य मध्ये एक जनालाई आईपीओ प¥यो भने मात्र पनि राम्रै हुने यदि नपर्दा पनि त्यस्तो खासै गुनासो हुँदै । हामी जस्तो मध्यम आयस्तर भएका व्यक्तिलाई आईपीओ लगानीले चाँही धेरै नै राहत मिलेको छ ।' 

यस्तै, उनले नहुनु भन्दा कानो मामा हुनु बेस भन्ने उखानलाई प्रस्टाउँदै १ हजारमा कम्पनीको १० कित्ता खरिद गर्दा यदि आईपीओ परिहाल्यो भने आयस्रोत नभएर बेरोजगार भई बसिरहनु परेको अवस्थामा आर्थिक स्थित निकै नै सहज हुने बताए ।

त्यस्तै काठमाडौं, कागेश्वरी मनहरामा बस्दै आएका तेजिन्द्र खत्रीले पनि शेयरसम्बन्धी जानकारी प्राप्त गरेको ५/६ महिना मात्र भएको बताए । हालसम्म ६/७ वटा कम्पनीमा आइपिओ भरेको र एक मात्र कम्पनीमा आइपिओ परेको बताएका छन् । 

आफुलाई शेयर बजार सम्बन्धी पहिले नै जानकारी नहुदाँ निफ्रा र चन्द्रागिरी जस्ता आस लाग्दाँ कम्पनीमा लगानी गर्न नपाएकोले राम्रो अवसर गुमाएको उनले बताए । साथै आफू शेयर बजार प्रति सकरात्मक रहेको पनि बताए । 

खत्रीले भने, ‘सामान्यतया कामको शिलशिलमा म देश विदेश आवातजावत गरि राख्नु पर्छ । घण्टौै लाइनमा बसेर शेयर सम्बन्धी जानकारी लिने र यसमा लगानी गर्न अलि समय रहँदैन तर पछिल्लो समय प्रविधिको विकासले गर्दा निकै नै सहज भएको छ । घरमै बसि कुन कम्पनीमा लगानी गर्दा राम्रोरनराम्रो हुन्छ भनी जनकारी लिन सकिन्छ र लगानी गर्न पनि बैंक धाईरहनु नपर्ने हुदाँ अन्य देशमा रहँदा पनि शेयरमा लगानी गर्न सहज भएको छ ।’
 
उनले थपे, 'बजारमा आम मानिसहरुको चासो बढ्नु स्वाभिक हो । किनभने, सामान्य आय स्रोत भएको व्यक्ति वा भनु एक कलेज पढ्दै गरेको विद्यिर्थीले पनि लगानी गर्ने सक्छन् र आईपीओ नपरेमा पनि घाटा हुने स्थित हुँदैन ।' 

यस्तै, स्नाकोत्तरमा अध्यन गर्दै गरेका आइतराज लिम्बुले शेयर बजारमा लगानी गर्न थालेको २ वर्ष भएको बताएका छन् । उनले यससम्बन्धी के-कसरी लगानी गर्ने, कम्पनीको विश्लेषण कसरी गरि लगानी गर्ने जस्ता सम्पूर्ण कुरा सामाजिक सञ्जाल युट्युबबाट प्राप्त गरेको बताए । उनले भने, 'सुरुमा शेयर सम्बन्धी जानकारी थिएन् र अहिले जस्तो छिट्टो छिट्टो भिन्न भिन्न कम्पनीको आईपीओ निष्कासन हुर्दैन थियो । उनले थपे, शेयरमा लगानी गर्नु भनेको जुवा खेल्नु जस्तै हो भन्ने ठान्थे भने पछिल्लो समय यो विचार अलि परिवर्तन भएको छ ।' 

सुरु सुरुमा आफूले शेयरमा लगानी गर्दा के कसरी गर्ने भन्ने कुरा राम्रोसंग थाहा नहुदाँ अलि असहज र कतै लगानी डुब्ने हो कि भन्ने डर रहेको बताए । अहिले पनि दोस्रो बजारमा लगानी गर्दो सजकता उत्तिकै अपनाउनु पर्ने बताए । 

तर, आईपीओमा भने लगानी डुब्ने चिन्ता नहुने बताउदै पछिल्लो समय भने निफ्राले गर्दा नै शेयर बजारमा आकर्षक बढेको कुरा समेत जिकिर गरे । २ वर्षसम्म लगभग शेयरमा भिजिसकेका लिम्बुलाई नयाँ विद्यार्थी लगार्नीकर्ताहरुलाई पनि बचेको समयमा विभिन्न माध्यमाब यस बारे जानकारी लिन अनुरोध गरेका छन् । 


उनले भने, ‘यसमा राम्रोसंग बुझ्न र बुझेर लगानी गर्यो भने राम्रै फाइदा हुन्छ । फुर्सदको समयमा युट्युबबाट शेयर सम्बन्धी जानकारी लिए ज्ञान प्राप्त हुन्छ । विषेश गरि व्यावस्थापनका विधार्थीलाई पढाईमा पनि सहयोग पुग्छ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया