काठमाडौं - बीमा क्षेत्रमा सम्पत्ती शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको सफ्टवेयर गोएएमएल अनिवार्य रुपमा लागू हुने भएको छ ।
समितिले साउन महिनाभित्रमा सबै बीमा कम्पनीमा उक्त सफ्टवेयर अनिवार्य रुपमा लागू गर्ने भएको हो । यस अघि नमुना परीक्षणका रुपमा पाँचवटा जीवन बीमा कम्पनीहरुमा लागू गर्न शुरु गरिएको गोएएमएल साउन महिना भित्रमा सबै कम्पनीमा लागू गरिने भएको छ ।
समितिले आइतबार सबै बीमा कम्पनीहरुका लागि गोएएमएल सञ्चालन सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक जानकारी दिन सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विवरण सम्बन्धमा बीमा क्षेत्रमा गोएमएल सफ्टवेयरबाट रिपोटिङ् गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।
प्रतिक्रिया