काठमाडौं - ओपो रिचर्स इन्स्टिच्युटले आधिकारिकरूपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर - ‘सिक्सजी एआई - क्यूब ईन्टेलिजेन्ट नेटवर्किंग’ सार्वजनिक गरेको छ । सिक्सजीले एआईसंग मानव अन्तरक्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्न सक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने विश्वासका साथ सार्वजनिक गरिएको हो ।
आर्टिफिसिएल ईन्टेलिजेन्सी (एआई)ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तिकरणमा टेवा पु¥याउन सक्छ र अर्को पुस्ताको दुरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको छ । सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाहरू माथि प्रारम्भिक अध्ययनका लागि हाल ओपोल प्रि—रिसर्च (पूर्व शोध) टोलीको गठन गरेको छ ।
सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरणहरु एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुनेछन् । विभिन्न प्रयोग चरणहरू मार्फत एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिस्कृत एआई मोडलहरुका लागि डाटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालार्ई अझ इमर्सिभ अनुभव प्रदान गर्नेछ ।

ओपोका चिफ ५जी साईन्टिस्ट, हेनरी ट्यांगले भने, ‘सन् २०३५ नियाल्दा बौद्धिक एजेन्ट्स्ले ठूलो परिमाणमा मानव सङ्ख्यालाई पछि पार्ने ओपोको अनुमान छ । तसर्थ, आँउदो पुस्ताको प्रविधि, सिक्सजीले मानव आवश्यकता मात्र नभई हरेक प्रकारका ईन्टेलिजेन्स र तिनका विभिन्न अन्तरक्रियात्मक आवश्यकताको पूर्ति गर्न सक्षम हुनुपर्ने देखिन्छ ।
विद्यमान सञ्जाललाई दि कन्ट्रोल प्लेन (सीपी) र दि यूजर प्लेन (यूपी) गरी दुई आयाममा विभाजित गर्न सकिन्छ । यूपीको प्रमुख भूमिका प्रयोगकर्ताले प्रत्यक्षरूपमा उपभोग गर्न सकिने गति तथा ढिदाई जस्ता नेटवर्क परफरमेन्सका लागि हुन्छ ।
त्यसैगरी सीपीको सम्बन्ध नेटवर्क कन्फिगरेशनसंग हुन्छ । यसको जिम्मेवारी भनेको चलायमान अवस्थामा विभिन्न अवस्था, अवस्थिती तथा नेटवर्क नोड्स मातहतपनि स्थिर नेर्टवक अपरेसन प्रदान गर्नु हुन्छ । यूपीलाई सहरी ट्राफिकमा तीब्र गतिमा अगाडि बढी रहेको सावरी मान्ने हो भने, सीपीलाई रोड ट्राफिक नियन्त्रकका रुपमा लिन सकिन्छ ।
प्रस्तावित नेटवर्क अन्तर्गत सिक्सजी उपकरणलाई एआई डोमेन मातहत उपकरणको स्थिती र मागका आधारमा विनियोजित गरिन्छ । यस पश्चात उपयुक्त सञ्चार कनेक्सन मार्फत सम्बन्धित कार्य सम्पादनका लागि ती एआई डोमेनले सबैभन्दा उपयुक्त एआई अल्गोरिदम र आवश्यक प्रक्रियाको चयन र छनोट गर्छ । फोरजी र फाइभजी भन्दा फरक तवरले उपकरणको महत्वपूर्ण भूमिकाका साथै सिक्सजीमा निर्णय लिने सञ्जाल अग्र्यानिक तवरमै उपकरण तथा सञ्जालमै एकीकृत गरिएको हुन्छ ।

भविष्यमा विश्वको सिक्सजी मापदण्ड निर्माणमा सहयोग पु¥याउने सोचका साथ ओपोले सिक्सजी प्रविधि अन्तर्गत पूर्व अनुसन्धान कार्य जारी राख्नेछ । फाइभजीको लोकप्रियताका लागि प्रमुख योगदान कर्ताका रुपमा ओपोले आफ्ना पार्टनर्सहरु सँगको सहकार्यलाई निरन्तर्ता दिँदै ठूलो परिमाणमा फाइभजीको ब्यवसायिकरणलाई बढावा दिने कार्यलाई पनि निरन्तर्ता दिनेछ ।
कम्पनीको मूल उद्देश्य सबैलाई फाईदा पुग्ने हेतुले सञ्चार प्रविधिमा क्रान्तिकारी परिर्वतन ल्याउँदै ईन्टरनेट अफ एक्स्पेरियन्सको विकासमा अग्रगामी नेतृत्वदायी भूमिका निभाउने रहने जानकारी दिइएको छ ।
प्रतिक्रिया