कारोबारको पहिलो घण्टा : सामान्य अंकले बढेको शेयर बजारमा ४ अर्ब माथिको कारोबार

४ बर्ष अगाडि

काठमाडौं-  कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । 

कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक ७.२५ अंकले उकालो लागेर ३०६५.९२ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २१२ ओटा कम्पनीको ३९ हजार ५६८ पटकको कारोबारमा १ करोड २० लाख ९३ हजार ५०४ कित्ता शेयरको रू ४ अर्ब २९ करोड ३८ लाख  बराबरको कारोबार भएको छ ।

आज २१२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५४ शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया