काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नगाढुङ्गाबाट बर्दिया बासगढी नगरपालिका-६ घर भएका २१ वर्षीय सुवास ओलीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १२ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको प्रहरीले नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ३९६६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई पाईन्टको खल्तीमा लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने ३२ वर्षीय कृष्णराम अवाललाई नियन्त्रित मनोदिपक लागूऔषध डाइजेपाम ३ सय १३ एम्पुल, बुप्रेनुर्फिन ३ सय ७ एम्पुल र फेनारगन ३ सय १७ एम्पुल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सर्लाही लालबन्दी नगरपालिका-१३ स्थित लखन्तीखोलाबाट सिन्धुली हरिहरपुर गाउँपालिका-९ बस्ने ३२ बर्षीय जयबहादुर मोक्तान र उनकी बहिनी २४ बर्षीया जमुना मोक्तानलाई ४ किलो ८ सय ग्राम लागूऔषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा उनीहरुले बोकेको झोला शंका लागि जाँच गर्दा झोलाभित्र प्लास्टिकमा प्याक गरेको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया