नेप्सेद्धारा 'नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०७८' को सूचीकरण खारेज

४ बर्ष अगाडि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले '८% नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०७८' को सूचीकरण खारेज गरेको छ । आइतबारबाट उक्त बन्ड परिपक्क भएपछि नेप्सेले सूचीकरण खारेज गरेको हो । 

बन्डको ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई नेप्सेमा सूचीकृत रहेको थियो । बैंकले असार ३१ गते नेप्सेलाई पत्र पठाउँदै साउन १० गतेदेखि '८% नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०७८' परिपक्व हुने भएकाले सूचीकरण खारेजीका लागि निवेदन दिएको थियो । 

सोही निवेदन अनुसार नेप्सेले सूचीकृत खारेजी गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया