काठमाडौं, साताको दोस्रो दिन(सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंक बढेको छ।
यस दिन सो सेसनमा १४.२६ अंक बढेर ३०७२.९३ को विन्दुमा पुगेको छ। यो बिन्दु हालसम्मकै उच्च बिन्दु हो ।
सोमबार सो सेसनमा ५८ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
यस अवधीसम्म कारोबारका ५८ कम्पनीको १८ हजार ९२८ कित्ता शेयर ९६ लाख ३१ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया