पठाओ राइडर प्रदर्शनमा, प्रहरीद्धारा बाइकको साँचो नियन्त्रण

४ बर्ष अगाडि

काठमाडौँ - ट्याक्सी चालकहरूले आफूहरूमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको विरोधमा पठाओ राइडरहरु प्रदर्शनमा उत्रिएका छन् । ‘राइडर एकता जिन्दाबाद’ भन्दै उनीहरूले बाइक र्‍याली निकालेका हुन् ।  

र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । र्‍यालीले जनताहरू मारमा पर्ने र आफ्नो माग सम्बोधन गर्न सम्बन्धित निकायमा गएर वार्ताद्वारा समस्या समाधान गर्न प्रहरी पठाओ राइडरहरुलाई आग्रह गरेको थियो । 

तर, राइडरहरुले नमाने पछि प्रहरीले बाइकको साँचो नियन्त्रणमा लिएको थियो । फूहरूमाथि भइरहेको आक्रमण बन्द गर्नका साथै आफूहरूलाई कानुनी मान्यता प्रदान गर्न राइडहरुले माग गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया