हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र गायिका सपना पौडेलको तिज गीत ''पारिवन हरियो'' सार्वजनिक भएको छ ।
सपना पौडेलकै शब्द सृजना रहेको गीतमा पौडेलकै संगीत रहेको छ ।
सुदीप सागरको संगीत संयोजन रहेको गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका छन् ।
पछिल्लो समय उत्कृष्ट भिडियो निर्देशन तथा टेलिशृङ्खला हरुमा अभिनय गर्दै आएका कलाकार एबम निर्देशक दिपेन्द्र तिमल्सिना(बालक) को कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा राजु पौडेल (राजु मास्टर), बल्छी ध्रुबे, दिपेन्द्र तिमल्सिना, अनिता बस्नेत, सविना आचार्य, सपना पौडेल लगायतको अभिनय रहेको छ ।
मण्डली फिल्मसको निमार्ण रहेको भिडियोलाई सौरभ लामाले खिचेका छन् भने, मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियो Master TV युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया