काठमाडौं - नेपालको पब्जी मोबाइल टिम डीआरएस गेमिङले ६५ लाख रुपैयाँ प्राप्त गरेको छ । हालै सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल’ ९पीएमडब्लुआई० मा डीआरएसले १४४ प्वाइन्टसहित ८औं स्थान पक्का गरी ६५ लाख रुपैयाँ प्राप्त गर्न सफल भएको हो ।
सो प्रतियोगितामा ‘पीएमडब्लुआई इस्ट’ र ‘पीएमडब्लुआई वेस्ट’ गरी विश्वका ३२ पब्जी मोबाइल टिमले प्रतिस्पर्धा गरेका थिए । डीआरएसले यो प्रतियोगिताबाट पाएको रकम परोपकारी सेवामा खर्चिने घोषणा गरेको छ ।
पीएमडब्लुआई इस्टमा पहिलो स्थान थाइल्याण्डको भाल्डस ईस्पोर्टस र पीएमडब्लुआई वेस्टमा पहिलो स्थान ब्राजिलको अल्फा सेभेन ईस्पोर्टसले जितेको छ ।
च्यारिटी इभेन्टको रूपमा आयोजना भएको पीएमडब्लुआईमा कुल पुरस्कार राशी ३० लाख अमेरिकी डलर (करिब ३५ करोड ७३ लाख रूपैयाँ) रहेको छ ।
प्रतिक्रिया