एजेन्सी - नर्वेमा ठूलो आवाजका साथ उल्कापिण्ड खसेको छ । नर्वेको राजधानी ओस्लोदेखि ६० किलोमिटर पर फिनमार्काको जङ्गलमा खसेको अनुमान गरिएको छ ।
उल्कापिण्ड राति १ बजे खसेको हो । हालसम्म उल्का पिण्डका कारण क्षति भएको कुनै विवरण आएको छैन ।
होलमेस्ट्रेडस्थित एक वेब क्यामराले खस्दै गरेको उल्का पिण्डको दृश्य कैद गरेको छ । सोही भिडियोको आधारमा उल्का पिण्ड खसेको स्थान खोजी गरिरहेको बताइएको छ ।
प्रतिक्रिया