उपत्यकामा सभा-जुलुस र जात्रा-महोत्सव गर्न नपाइने, पसल कति बजेसम्म खुल्ने ?

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा अझै १० दिनसम्म सभारजुलुस, जात्रा महोत्सव, भोज भतेर लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आउँदो २० गतेसम्म निषेधाज्ञा थप गर्दै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो ।

यस्तै खुला ठाउँमा भेला हुन, नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत गर्न पाइने छैन । 

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल जुनसुकै बेला खोल्न सकिने छ । तर, अरु पसल भने बेलुकी सात बजेसम्म मात्रै खोल्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ । 

यस्तै स्वास्थ्य मापदण्ड पालनासहित सिट क्षमता अनुसारको यात्रु राखेर गाडी चलाउन पाइने आदेशमा उल्लेख छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया