काठमाडौं, लामो समयको लकडाउनपछि दिल्ली प्रशासनले सोमबारदेखि हलहरू खोल्ने निर्णय लिएको छ ।
प्रशासनले पचास प्रतिशत अकुपेन्सीमै भएपनि हल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
“दिल्ली सरकारको ५० प्रतिशत अकुपेन्सीमा हलहरू खोल्ने निर्णय स्वागतयोग्य छ । हिन्दी चलचित्रको घरको रूपमा रहेको महाराष्ट्रले पनि अब हल प्रदर्शकहरूको कुरा बुझ्छ भन्नेमा आशावादी छौँ । आर्थिक रूपमा कुनै राहत प्याकेजको व्यवस्था नभएको चलचित्र क्षेत्रले अब आफ्ना लागि आफै कमाउन पाउनुपर्छ ।” महाराष्ट्रका प्रमुख वितरक अक्षय राठी भने ।
महाराष्ट्रका हलहरू भने अगस्टको पहिलो सातादेखि सञ्चालन हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया