पछिल्लो २४ घण्टामा २२ सय भन्दा बढीमा संक्रमण पुष्टि, १८ जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर २२३७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ।  यस्तै सोही अवधिमा १८ जनाको मृत्यु भएको छ।  

पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनामा कोरोना परीक्षण गर्दा २२३७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने कुल मृतकको संख्या ९ हजार ७१३ पुगेको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया