नेप्सेको सूचीकृत कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन अनुरोध

४ बर्ष अगाडि

काठमाडौं, नेपाल धितोपत्र बोर्डको दोस्रो बजार नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । 

धितोपत्र सूचीकृत विनियमावली अनुसार सूचीकृत कम्पनीहरुको प्रत्येक त्रैमासिक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकाले चौथो त्रैमासीक वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन अनुरोध गरेको हो । 

सूचीकृत कम्पनीहरुले साउन १७ गते कार्यलय समयभित्र आवश्यक विवरण इमेल ठेगाना [email protected] मा प्राप्त हुने उपलब्ध गराउन नेप्सेले अनुरोध गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया