काठमाडौं- नितिश तिवारीले निर्देशन गर्ने फिल्म ‘रामायण थ्रीडी’ मा ॠतिक रोशन र दीपिका पादुकोण एकसाथ देखिँदैछन् ।
साउथ सुपरस्टार महेश बाबूलाई पनि फिल्म ‘रामायण थ्रीडी’ का लागि भगवान् रामको रोल अफर गरिएको थियो । तर, उनले यो फिल्ममा काम नगर्ने भएका छन् । उनले ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको फिल्मलाई पहिला नै डेट्स दिइसकेकाले ॠतिक र दीपिकासँगको प्रोजेक्ट नकारेका हुन् । उनलाई ‘रामायण थ्रीडी’ को भन्दा राजामौलीको फिल्मको स्टोरी मन परेको छ ।
फिल्ममा ॠतिकले रावणको भूमिका निर्वाह गर्नेछन् भने दीपिका सीता माताको भूमिकामा देखिनेछिन् । तर, यो फिल्मभन्दा अगाडि ॠतिकले साउथ फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेकको छायांकन गर्नेछन् ।
प्रतिक्रिया