काठमाडौं, बैंकिङ मुद्दाको कसुरमा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले चेक बाउन्सको मुद्दामा १० लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजाय पाएकी निता भण्डारीलाई पक्राउ गरेको हो।
प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ हात्तिगौडाकी ४५ वर्षीया निता भण्डारीलाई आइतबार पक्राउ गरेको हो ।
उनीविरूद्ध उच्च अदालत पाटनले गत बैशाख ६ गते चार दिन कैद र १० लाख जरिवाना सुनाएको थियो।
प्रतिक्रिया