काठमाडाैं - मथिल्लो (अप्पर) तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ । असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।
साताको पहिलो दिन आइतबार आज कम्पनीको शेयरमुल्य ३ अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य ६९६ रुपैंया पुगेको छ । यस्तै, आज कम्पनीको १ लाख ५१ हजार २२३ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ रु.१० करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया