काठमाडौं, साताको पहिलो दिन (आइतबार) नेप्सेले नयाँ रेकर्ड बनाएको छ। आज नेप्से परिसुचक ऐतिहासिक उचाईमा पुगेको हो ।
आइतबार नेप्से परिसूचक ५४.३१ अंक बढेर ३०५८.६३ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि नेप्से ३०२५.८३ विन्दुमा पुगेको थियो। यस दिन नेप्सेले सो रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो।
यस दिन नेप्से ३०५८ विन्दुमासम्म पुगेको छ। यस अघि इन्ट्रा डेमा नेप्से ३०६४ विन्दुसम्म पुगेको थियो।
यस दिन २२३ कम्पनीको १ लाख ४० हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार रुपैयाँ बराबरको ४ करोड ४१ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये ९ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको हो । जसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन्। यस दिन हिमालयन उर्जा, सर्पोट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, कालिका पावर, पञ्चकन्या माइ हाइड्रोपावर, यूनिभर्सल पावर, जोशी हाइड्रो, विशाल बजार कम्पनी र ङादी ग्रुप पावरको शेयर १० प्रतिशत बढेको हो।
कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३४३ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक २.३९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.१४ प्रतिशत र लघुवित्तको १.५८ प्रतिशत बढेको छ। कारोबारमा आएको म्युचुअल फण्डको सूचक सर्वाधिक १.२९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन साढे ४९ करोडको शेयर कारोबार भएको छ।
प्रतिक्रिया