काठमाडौं, साताको पहिलो दिन (आइतवार) कारोबारको अन्तिम समयसम्म ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेका कम्पनीमध्ये अधिकांश कम्पनीहरु जलविद्युत रहेका छन् ।
आज विशाल बजार कम्पनी,ङादी ग्रुप पावर, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था,पञ्चकन्या माई हाइड्रोपावर,जोशी हाइड्रोपावर,यनिभर्सल पावर कम्पनी, राधी विद्युत कम्पनी, कालिका पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
ती नौ ओटै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशतले वृद्धि भएको छ । बजर बढेसँगै विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
प्रतिक्रिया