काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च अधिकांश सूचक र कम्पनीको शेयरमुल्य बढ्दा पनि चन्द्रागिरी हिल्सको शेयरमुल्य भने रातोमा कायम रहेको छ ।
यो समाचार तयार पर्दा अर्थात २ बजेर ४० मिनेट जादाँ कम्पनीको शेयरमुल्य १.२६ प्रतिशतले घटेको छ । आज १ हजार ९ रुपैंयामा सुरु भएको कारोबार घटेर १ हजार ४८२ रुपैंयामा झरेको छ । प्रतिकित्ता २ हजार ८०० रुपैंया सम्म्म कारोबार भएको कम्पनी शेयर मुल्य पछिल्लो समय निरन्तर ओरालो लागेको छ ।
मार्केट डेभमा कम्पनीको १३ हजार २५८ कित्ता खरिदमाग भएको छ भने ५ हजार ८८४ कित्ता शेयर बिक्री माग भएको छ ।
गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनी १८ करोड ११ लाख रुपैयाँ खूद घाटामा गएको थियो । अघिल्लो वर्षको यही अवधिमा कम्पनी २ करोड १८ लाख रुपैयाँले मात्र घाटामा गएको थियो ।
अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले ४१ करोड २२ लाख संचालन आम्दानी गरेकोमा त्यो घटेर यो वर्ष १७ करोड ४२ लाखमा सीमित बन्न पुगेको हो ।
गत वर्षको चौथो त्रैमासको वार्षिक वित्तिय विवरण भने आउन बाँकी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले कोभिड १९ बाट देशको अर्थतन्त्रसँगै कम्पनीको आर्थिक क्रियाकलापमा पनि प्रभाव परी आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको बताएको छ ।
प्रतिक्रिया