काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । दाहालले शनिवार आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भनेकोमा रावलले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत रावलले दाहालको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्ते’ भनेका छन् । उनले माओवादी अध्यक्ष दाहालले एमाले विभाजन गर्न खोजेको आरोप समेत लगाएका छन् ।
साथै रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको समेत उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल 'प्रचण्ड' जीले भन्नु भएझैं 'ढलेको' होइन ।'
एमसीसी लगायतका राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु विधि र गठबन्धन संस्कृति नभएको रावलले जिकिर गरेका छन् ।
प्रतिक्रिया